logo
  • आइतबार, असोज १८ २०८३

दुई निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर १६ २०८२

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यस्तै  हेलम्बु गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

पुष्प हेम कन्स्ट्रक्सन प्रालिका मुख्य व्यवक्तिी धनुषाका मुरारी घिमिरे हुन् भने कौशिल बस्नेत निर्माण सेवा प्रालिका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत हुन् ।

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १  बमोजिम उक्त निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी/आपूर्तिकताले कालोसूचीको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend