पब्लिक सूचना
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ।
आज काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो।
रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही दिनअघि सहमति भएको थियो।
विवेकशील साझाले केन्द्रीय समिति बैठकबाटै पार्टी एकता प्रस्ताव अनुमोदन गरेको थियो। त्यसअघि दुवै पार्टीले कार्यदल नै बनाएर एकता प्रक्रियाका लागि छलफल गरेका थिए।
विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सामेल नहुने भएका छन्। नाम र चुनाव चिह्न रास्वपाकै रहने गरी विवेकशील साझा एकताका लागि तयार भएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend