पब्लिक सूचना
घोराही सिमेन्टको शुक्रबार बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश दिने भएको हो। समितिको बैठकले पुस २४ गतेलाई बार्षिक साधारण सभाको मिति समेत तोकेको छ।
कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउँनेछन्। कम्पनीले मंसिर २८ गतेको लागि बुक क्लोज मिती तोकेको छ। मंसिर २७ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुनेले लाभांश प्राप्त गनेर्छन्। कम्पनीले यस अघि आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत बोनस सेयर दिएको थियो।
हाल कम्पनीको सेयर चार सय ५४ रूपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend