logo
  • आइतबार, असोज १८ २०८३

भारतले नेपाली भाषामा पनि अनुवाद गर्‍यो आफ्नो संविधान


  • पब्लिक सूचना
  • बुधबार, मंसिर १० २०८२

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतले बुधबार आफ्नो संविधान दिवस मनाइरहेको छ । २६ नोभेम्बरका दिन भारतले संविधान दिवस मनाउँदै आएको छ ।

७६ औँ संविधान दिवसका अवसरमा बुधबार भारतले नेपाली भाषामा समेत आफ्नो संविधानको अनुवादित प्रति जारी गरेको छ ।

संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित विभिन्न ९ भाषामा भारतीय संविधानको अनुवादित प्रति जारी गरेकी हुन् ।

विशेष समारोहलाई सम्बोधन गर्दै उनले मलयालम, मराठी, नेपाली, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमियासहित ९ भाषामा संविधानको अनुवादित प्रति जारी भएको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend