logo
  • आइतबार, असोज १८ २०८३

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारतले नेपाललाई २२.१ ओभरमै हरायो,एक खेल अगावै प्रतियोगिताबाट बाहिरियो


  • पब्लिक सूचना
  • मंगलबार, साउन २ २०८०

श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ ।

आर प्रेमदासा क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग नौ विकेटले पराजित भयो । लगातार दोस्रो हारसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

May be an image of text that says 'ACC MEN'S EMERGING TEAMS ASIA CUP SAN 2023 CAN MATCH 02 MATCH SUMMARY NEPAL 39.2 ROHIT PAUDEL 167 65(85) RR3.3 GULSHAN JHA NISHANT SINDHU 38(30) R HANGARGEKAR 4-14(3.2) 3-25(6) INDIA(A) 22.1 ABHISHEK SHARMA SAI SUDHARSAN 172-1 RR7.7 ROHIT PAUDEL 58*(52) PAWAN SARRAF 1-25(4) 0-44 (8) INDIA(A) WON BY 9 WICKETS CAN VS NEPAL POWEREDBY: እሩ makura REATION INDIA(A) #MersEmergingTeamsAiaCup#ACC@WeCAN'

जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेटको क्षतिमा १७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । भारतका लागि ओपनर अविशेक शर्मा र शाही सुदर्शनले अर्धसतकीय इनिङ्स खेल्नुभयो । अविशेकले ८७ रन बनाउनुभयो । उहाँले ६९ बलमा १२ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यस्तै शाही सुदर्शनले अविजित ५८ रन बनाउनुभयो । उहाँले ५२ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ध्रुव जिरेलले अविजित २१ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान रोहित पौडेलले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन बनाउनुभयो । उहाँले ८५ बलमा सात चौकाको सहयोगमा अर्धसतकीय इनिङ्स खेल्नुभएको हो । यस्तै गुलसन झाले ३८, देव खनालले १५ र सोमपाल कामीले १४ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा भारत ‘ए’ का निसन्तान सिन्धुले चार विकेट लिनुभयो । राजवर्धक हंगेगाकरले तीन तथा हर्षित रानाले दुई र मानव सुतरले एक विकेट लिनुभयो । नेपाल समूहको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान ‘ए’, भारत  ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागी प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जुलाई २३ तारिख हुनेछ । नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रूपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भारत ‘ए’ विरुद्ध नेपाल–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलसन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend