logo
  • आइतबार, असोज १८ २०८३

काठमाडौं‌मा सहकारी पीडितको प्रदर्शन


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर ५ २०८२

५ मंसिर, काठमाडौं। सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले नाराबाजी गर्दै समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् ।

विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए। प्रदर्शनकै बेला भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो

अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend