पब्लिक सूचना
नेदरल्याण्ड्स अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ। लिथुआनियालाई ४-० ले हराएसँगै नेदरल्याण्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो।
अपराजित नेदरल्याण्ड्स अन्तिम खेलअघि पोल्यान्डभन्दा ३ अंक अगाडि थियो। साथै १३ गोलले राम्रो गोल अन्तर बनाएर लगभग विश्वकप निश्चित भइसकेको थियो।
टिज्जानी रेजिन्डर्सले १६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। कोडी गाक्पोले ५८ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे।
जबी सिमोन्सले ६० औं मिनेटमा टोलीको लागि तेस्रो गोल गरे। डोनेल मालेनले एकल प्रयासमा ६२ औं मिनेटमा गोल गर्दै अन्तर बढाए।
समूह जीको दोस्रो स्थानमा रहेको पोल्यान्डले माल्टाविरुद्ध ३-२ को अवे जित निकाल्यो । पोल्याण्डले अब प्ले अफ खेल्नुपर्ने छ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend