logo
  • आइतबार, असोज १८ २०८३

बागलुङमा अटो रिक्सा दुर्घटना, चालकसहित पाँच जना घाइते


  • पब्लिक सूचना
  • बिहिबार, कार्तिक २० २०८२

बागलुङमा बुधबार साँझ अटो रिक्सा दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

बुधबार बागलुङ नगरपालिका वडा नम्बर ४ गौरीधाम मन्दिरबाट बागलुङ बजार तर्फ आउँदै गरेको ग.प्र.०२००१ ह ००५५ नम्बरको अटो रिक्सा गौरीधाम मन्दिर नजिकै दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा अटो चालक बागलुङको जैमिनी नगरपालिका–३ बस्ने ५० वर्षीय चेतबहादुर छन्त्याल, ५५ वर्षीया बागमती थापा, ढोरपाटन नगरपालिका-६ बस्ने २३ वर्षीया सम्झना भण्डारी, ५० वर्षीया गौतम भण्डारी र १८ वर्षीय समिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।

घाइतेहरूको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको प्रनि थापाले जानकारी दिनुभयो ।घाइतेहरूको टाउको, हात, निधार र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

अटो रिक्सा उकालोमा अचानक व्याक भई सडकदेखि अन्दाजी १० मिटर तल खसेको प्रनि थापाले बताउनुभयो । दुर्घटनामा अटो पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend