logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री सिफारिस


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ९ २०८२

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनुभएको छ । उहाँहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend