logo
  • आइतबार, असोज १८ २०८३

प्रज्वल कोइरालाको नयाँ गीत ‘टप्प टिपी सयपत्री फूल’ बजारमा


  • पब्लिक सूचना
  • शनिबार, असोज २५ २०८२

काठमाडौं — गायक प्रज्वल कोइरालाको दोस्रो गीत ‘टप्प टिपी सयपत्री फूल’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गीत शुक्रबार ओ.एस.आर. डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा सपन घिमिरेको शब्द र सङ्गीत रहेको छ भने कोइरालाको सुमधुर स्वरले यसलाई अझ मनमोहक बनाएको छ। गीतको म्युजिक भिडियोको निर्देशन पशुपति श्रेष्ठले गरेका छन्। नृत्य निर्देशनको जिम्मा बिनोद रञ्जितले सम्हालेका छन् भने साजसज्जा तथा भेषभूषाको संयोजन कमला लामाले गरेकी छन्।

भिडियोमा मुख्य कलाकारका रूपमा रमेश पुन मगर र रिजु रञ्जित प्रस्तुत छन्। साथै, रेजिना राई, नम्रता तामाङ, बिनिता तामाङ र स्वस्तिका पन्त कोरस कलाकारका रूपमा देखिएका छन्।

गीत म्युजिक एन्ड भोइस स्टुडियोमा रेकर्ड गरिएको हो भने यसको एरेन्ज चाँद सिंहले गरेका छन्। भिडियोग्राफी र प्रमुख सम्पादनको जिम्मा निर्देशक श्रेष्ठकै रहेको छ भने सह-सम्पादन मीना श्रेष्ठले गरेकी छन्। भिडियोग्राफीमा सुमन मैनालीको सहयोग रहेको छ भने ड्रोन संयोजन समीर ओलीले सम्हालेका छन्।

पोस्ट–प्रोडक्सन कार्य के.एस. फोटोग्राफी स्टेसनमा सम्पन्न गरिएको हो। गीत तथा भिडियोको सम्पूर्ण प्रोडक्सन संयोजन नरेन्द्र भट्टराईले गरेका छन्।

भावनात्मक शब्द, आकर्षक दृश्य र कोइरालाको मधुर स्वरको समिश्रण रहेको यो गीतले तिहारको मौसमी र सांस्कृतिक स्पर्श दर्शक–श्रोतालाई अनुभव गराउने विश्वास गरिएको छ।

पुरा भिडियो तल:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend