पब्लिक सूचना
पाल सरकार र जर्मनीबीच आज दुई महत्वपूर्ण सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा सहसचिव धनिराम शर्मा र जर्मन राजदूत उडो भोल्जले सम्झौतामा हस्ताक्षर गरे।
वित्तीय सहयोग अन्तर्गत जर्मनीले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम” का लागि २० मिलियन युरो सहयोग गर्नेछ। परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन हुनेछ र सन् २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न हुने योजना छ।
प्राविधिक सहयोग अन्तर्गत जर्मनीले करिब २१ मिलियन युरो प्रदान गर्दै स्वास्थ्य, लैङ्गिक समानता, कृषि, निजी क्षेत्र विकास र जलवायु–प्रतिकारशील आर्थिक विकासमा समर्थन गर्नेछ। परियोजनाले सल्लाहकार र प्राविधिक सहायता पनि उपलब्ध गराउनेछ।
समारोहमा सहसचिव शर्माले जर्मनीको सहयोगप्रति धन्यवाद व्यक्त गरे भने राजदूत भोल्जले यस सहयोगले नेपाल–जर्मनी साझेदारीलाई अझ प्रगाढ बनाउने बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend