logo
  • आइतबार, असोज १८ २०८३

कुलमान घिसिङ ऊर्जा मन्त्री बन्दै, रामेश्वर खनाल अर्थमा फर्किँदै


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ३० २०८२

 अन्तरिम सरकारका तीन नयाँ मन्त्रीको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोमबार बिहान ११ः३० मा राष्ट्रपति कार्यालयमा उहाँहरुको शपथ हुने राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित देशभरि गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शन भएको थियो । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend