logo
  • आइतबार, असोज १८ २०८३

ताप्लेजुङमा पानी जमेको खाडलमा डुबेर दुई बालबालिकाको मृत्यु


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २७ २०८२

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा खाडलमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मैवाखोला गाउँपालिका –३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् विवेक बस्नेतका अनुसार नारायणी माविको निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा –३ साँघुका चन्द्रबहादुर थक्लुङ लिम्बूका नौ वर्षीय छोरा मौसम लिम्बू र वडा ४ साँघुकै लाक्पा शेर्पाकी छोरी नौ वर्षीया याङ्जु शेर्पा रहेका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको करिव ७–८ फिटको गहिरो खाडलमा जमेको पानीमा पौडी खेल्ने क्रममा बालबालिकाको डुबेर मृत्यु भएको छ । घटनाबारे खबर भएपछि प्रहरी चौकी साँघुबाट प्रहरी सहायक निरीक्षक (असई) प्रदिपकुमार मधुवनको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । घटना दिउँसो साढे २ बजेतिर भएको प्रहरीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend