logo
  • आइतबार, असोज १८ २०८३

फिल्म छायांकनका लागि स्टुडियो निर्माण गर्न बनेपाको जग्गा दिइने


  • पब्लिक सूचना
  • शनिबार, असार ३० २०८०

नेपाल सरकारले फिल्म छायांकनका लागि इन्डोर स्टुडियो निर्माण गर्न काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाको जग्गा दिने भएको छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय गरिएको हो।

उक्त निर्णयपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै नेपाली फिल्मकर्मीले सफलता प्राप्त गरेको बताए।

‘आज म निकै खुसी छु। चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आएको पहिलो दिनदेखि इन्डोर छायांकन स्टुडियोको लागि जुन मेहनत गरेँ, त्यसबाट आज हामी सबै चलचित्रकर्मीले सफलता प्राप्त गरेका छौं भन्ने मैले महसुस गरेको छु,’ उनले भने।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्टुडियो निर्माण गर्ने उल्लेख गरिएको थियो। त्यस्तै अघिल्लो वर्षको बजेटमा पनि स्टुडियो निर्माण बारे उल्लेख गरिएको थियो। तर निर्माण हुन सकेको थिएन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend