logo
  • आइतबार, असोज १८ २०८३

राक्सेमा सडक अवरुद्ध, यात्रुहरू सास्तीमा


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र १२ २०८२

गुल्मीमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार साँझदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेका छन् । अवरुद्ध उक्त सडक खुलाउने प्रयास भइरहेको छ । कालीगण्डकी करिडोरको गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनौटामा पटकपटक सडक अवरुद्ध हुनेगरेको छ ।

कालीगण्डकी गाउँपालिकाकै वडा नम्बर १,२ र ३ मा मात्रै ८ किलोमिटरको दूरीमा तीन वटा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend