logo
  • आइतबार, असोज १८ २०८३

घोराहीमा कार्यपालिका बैठकले स्वीकृत गर्‍यो अध्यक्षको राजीनामा


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २ २०८२

घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले राजीनामा दिनुभएको छ । घोराही उपमहानगरपालिकाको सोमबार घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो ।

गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा पार्टीको तर्फबाट अध्यक्षमा विजयी हुनुभएको थियो । अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिनाअघि राजीनामा बुझाउनुभएको थियो ।

उहाँको ठाउँमा वडा सदस्य चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आउनुभएको थियो । पछिल्लो समय शाह विभिन्न सामाजिक काममा सक्रिय हुँदै आउनुभएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend