logo
  • आइतबार, असोज १८ २०८३

पूर्वपश्चिम राजमार्गमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १२ बढी घाइते


  • पब्लिक सूचना
  • सोमबार, साउन २६ २०८२

सुनसरीमा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच(बलुवा चौक)मा सडक दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । राजविराजबाट विराटनगर जाँदै गरेको माइक्रो र काकडभिट्टाबाट आइरहेको बस एकआपासमा ठोक्किँएर दुर्घटना भएको छ । १२ जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend