logo
  • आइतबार, असोज १८ २०८३

“नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज”


  • पब्लिक सूचना
  • आइतबार, साउन २५ २०८२

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजन नासा सेक्युरिटिजले गर्ने भएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासाको बीचमा जर्सी प्रायोजन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र जनरल म्यानेजर उत्सव ढुंगाना तथा नासाका तर्फबाट म्यानेजिङ डिरेक्टर मदन पौडेल र नासाका प्रतिनिधि अनिल श्रेष्ठले हस्ताक्षर गरे ।

May be an image of 8 people, dais and text

क्यानका सचिव पारस खड्काका अनुसार सम्झौता तीन वर्ष लागि रहने छ । सम्झौता अनुसार नासाले क्यानलाई प्रायोजन स्वरुप वार्षिक २ करोड ३६ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

जर्सी प्रायोजनका लागि न्यूनतम मूल्य २ करोड रुपैयाँ राखेर टेन्डर आह्वान गरिएका थियो । सम्झौतापछि नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ ।

May be an image of 4 people and text that says 'MOLL 吉 SIGNING CAN AFL NAASA SECURITIES NEPAL P RA R'

सम्झौता कार्यक्रममा नेपाली क्रिकेट टोलीको प्रायोजक सहितको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो । राष्ट्रिय खेलकद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले संयुक्तरुपमा जर्सी अनावरण गरेका थिए ।

May be an image of 3 people, suit, dais and text that says 'CAN CAN NAASA SECURITIES AASA CUIOITINE'

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend