logo
  • आइतबार, असोज १८ २०८३

नागरिक उन्मुक्तिको समर्थन फिर्ता पछि शाह विश्वासको मतमा, कांग्रेस-एमाले एकमत


  • पब्लिक सूचना
  • बिहिबार, साउन १५ २०८२

 सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ ।

संसदीय दलको कार्यालय धनगढीमा बिहीबार बसेको बैठकले प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरेको नेकपा एमाले दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिनु हुने भएको छ । सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता लिएको थियो । सो पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

सरकारबाट कुनै पनि पार्टी बाहिरिएपछि सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । यसैबिच, सोमबार बसेको नेपाली कांग्रेसको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्रीको पक्षमा अनिवार्य मतदान गर्न ह्विप जारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार छ । नेपाली कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य गरेर प्रदेश सरकारको पक्षमा बहुमत कायमै रहेको छ । सुदूरपश्चिम प्रदेशमा २७ जनाले समर्थन जनाएपछि बहुमत पुग्ने गर्दछ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend