logo
  • आइतबार, असोज १८ २०८३

भक्तपुरमा डेरा गरि बसेका दिदीबहिनी मृतावस्थामा फेला


  • पब्लिक सूचना
  • बिहिबार, साउन ८ २०८२

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा दुई किशोरी दिदीबहिनी मृतावस्थामा फेला परेका छन्। उनीहरू स्थानीय निरज चक्रधरको घरमा डेरा गरी बस्दै आएका थिए।

प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाका अनुसार, सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल एकै डोरीमा झुन्डिएर मृत भेटिएका हुन्।

घरधनीले ती किशोरीहरू दुई साताअघि मात्र डेरामा बस्न आएको बताएका छन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरू घरबाट भागेर आएको खुल्न आएको छ।

घटनाको थप अनुसन्धान भइरहेको र मृतकका आफन्तहरू आएपछि मुचुल्का गरिने प्रहरीले जनाएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend