logo
  • आइतबार, असोज १८ २०८३

अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप


  • पब्लिक सूचना
  • मंगलबार, असार ३१ २०८२

पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ ।

तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो ।

जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै आउट भए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ७.३ ओभरमा ९ रन खर्चेर ६ विकेट लिए । स्कट वोल्याण्डले ह्याट्रिक पूरा गरे । उनले १४औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए । जोस हेजलवुडले १ विकेट लिए ।

अस्ट्रेलियाले पहिलो इनिङमा ८२ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा १ सय २१ रन थप्दै अस्ट्रेलियाले २ सय ३ रनको अग्रता बनाएको थियो ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा २ सय २५ रन बनाएको थियो। घरेलु टोलीले पहिलो इनिङमा १ सय ४३ रन मात्र जोडेको थियो ।

दुई टोलीबीच ५ टि ट्वान्टी आई सिरिज सोमवार सुरु हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend