पब्लिक सूचना
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताएका छन्।
आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भानु जयन्ती मनाउनको मुल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु रहेको बताए। ‘जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौं, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ,’ उनले भने।
उनले भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उनीप्रति श्रद्धा अर्पण गर्नु रहेको बताए। मन्त्री पन्तले विभिन्न भाषाहरु मर्दै गइरहेको अवस्थामा भाषालाई समृद्ध बनाउन र संरक्षण गर्ने चुनौति रहेको बताए। —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend