logo
  • आइतबार, असोज १८ २०८३

धनुषामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


  • पब्लिक सूचना
  • आइतबार, असार २९ २०८२

ढल्केबर, असार २९ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा हंसपुर नगरपालिका–४, मधुकरीका २५ वर्षीय उदय राउतको मृत्यु भएको ललिया प्रहरी चौकीका इञ्चार्ज असई योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार मधेश प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

दुर्घटनापछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend