logo
  • आइतबार, असोज १८ २०८३

सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, असार २३ २०८२

२३ असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-२९ घर भई कमलामाई नगरपालिका-६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend