logo
  • आइतबार, असोज १८ २०८३

सरकारी सेवा, सुविधा त्याग गर्दै पूर्वराष्ट्रपति भण्डारी


  • पब्लिक सूचना
  • बुधबार, असार १८ २०८२

काठमाडौँ, असार १८ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा, सुविधा त्यागको पत्र गृह मन्त्रालयमा पेस गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले बुधबार सो पत्र गृहसचिवलाई बुझाइएको जानकारी दिनुभएको हो ।

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र आज प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई सुरक्षा सुविधा भने यथावत रहने छ ।

आचार्यले भन्नुभयो, “पूर्व राष्ट्रपतिको हैसियतबाट पाउने आर्थिक लगायतका सबै सेवा, सुविधा नलिने भन्ने निवेदन आज प्राप्त भएको छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend