पब्लिक सूचना
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु-१६ इस्ट जोन कपको सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी ‘प्लेयर अफ द म्याच’ भएका छन् ।
सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए ।
उनले ९७ बलको सामना गरेर ५ चौकाको सहयोगमा ५५ रन बनाएका थिए । प्रसिद्धले सिंगापुरका लागि अर्धशतक बनाएर खेलिरहेका कप्तान रियन नायकको क्याच समेत लिएका थिए । १ ओभर बलिङ समेत गरेका प्रसिद्धले ७ रन खर्चिएर कुनै विकेट लिन सकेका थिएनन् ।
१ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend