logo
  • आइतबार, असोज १८ २०८३

आएन संसद्को क्यालेन्डरमा शिक्षा विधेयक र निजामती विधेयक


  • पब्लिक सूचना
  • बिहिबार, असार ५ २०८२

xr:d:DAFuGqfGx28:24,j:7497770241484726874,t:23091307

५ असार, काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन ।

निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन ।

बिहीबार बैठक बस्दैछ । कार्यसूचीमा निजामती विधेयक छैन । असार १५ गते सम्मको पाक्षिक क्यालेन्डरमा समेत यो विधेयक अगाडि बढाउने विषय समावेश हुन नसकेको हो ।

बरु निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम छलफलमा छन् । गत सोमबार मन्त्रिपरिषद्‍को बैठकमै छलफल भएको थियो । बुधबार प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूसँग छलफल गरे ।

विद्यालय शिक्षा विधेयक पनि प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा परेको छैन । असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ । तर, त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न नसकेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend