पब्लिक सूचना
साफ यु २० महिला च्याम्पियनसिपको तयारीका क्रममा प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३० जनामा घटाइएको छ।
यु-२० महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका ४० बाट ३० खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
टोलीले असार २७ देखि साउन ४ गते ( सन् २०२५ जुलाई ११ देखि २२ ) सम्म बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।
बंगलादेश जानु अघि टोलीको अन्तिम छनोट हुनेछ। च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, भारत र भुटान गरि ४ टोलीको सहभागिता रहनेछ। असार २७ गते भुटानसँग खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ।
छनोट हुने ३० खेलाडी
अनिशा राई, अस्मिता गुरुङ, बर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समिक्षा मगर, सनीमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङमा लिम्बु पन्धाक, सेनु परियार, सिम्रन राई, सिता रोकाया, सुजाता तामाङ, शुक्रिया मियाँ, सुशीला केसी, रुपा लिम्बु।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend