logo
  • आइतबार, असोज १८ २०८३

“स्टार्क–कमिन्सको आक्रमणमा अफ्रिकी ब्याटिङ धराशायी”


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ २९ २०८२

विश्व टेस्ट च्याम्पियनसिपको‌ पहिलो दिन बलर रहे । पहिलो इनिङमा अस्ट्रेलियालाई २ सय १२ रनमा अलआउट गराएको दक्षिण अफ्रिका जवाफी ब्याटिङमा संघर्ष गर्नुपरेको छ।

दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ४३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ। तीव्र बलर कगिसो रबाडाले चिया ब्रेकपछि छोटो समयमा अष्ट्रेलियालाई २ समय १२ रनमै समेट्न मुख्य भूमिका खेले। उनले ५ विकेट लिए।

६६ रन बनाएका स्टिभ स्मिथले र ७२ रन बनाएका बिउ वेब्स्टरले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई ६७-४ को संकटपूर्ण अवस्थामा जोगाएका‌ थिए ।

तर अन्तिम ५ खेलाडीले जम्मा १८ रन मात्र थप्न सकेका‌ थिए । रबाडाको अनुशासित र कुशल बलिङका अगाडि अष्ट्रेलियियन टोली निरीह देखियो।

रबाडा हालै एक मनोरञ्जनात्मक लागूपदार्थ सेवनको कारण छोटो प्रतिबन्ध भोगेका थिए । त्यस कारण उनीमाथि केही आशंका थियो।

यद्यपि, यस खेलमा उनले लिएका विकेटहरूले उनलाई दक्षिण अफ्रिकाका सबैभन्दा धेरै टेस्ट विकेट लिने खेलाडीको सूचीमा महान एलन डोनाल्डलाई उछिन्दै चौथो स्थानमा पुर्‍याएको छ।

जवाफमा दक्षिण अफ्रिकाले ब्याटिङमा संघर्ष गर्नुपरेको थियो। अस्ट्रेलियन बायाँ हाते तीव्र बलर मिचेल स्टार्कले ओपनरहरू एडेन मार्कराम (०) र रायन रिकेलटन (१६) लाई सस्तोमा आउट गरे।

त्यसपछि कप्तान प्याट कमिन्सले वियान मुल्डर (६) लाई क्लिन बोल्ड गरेका थिए। जोश हेजलवुडले ट्रिस्टन स्टब्स (२) को डिफेन्स चिर्दै आउट गरेका थिए। तेम्बा बावुमा ३ र डेभिड बेडिङह्याम ८ दोस्रो दिन ब्याटिङ सुरु गर्नेछन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend