logo
  • आइतबार, असोज १८ २०८३

नयाँ गीत “तारा जुनैले” सार्वजनिक, रितु कँडेल र ईश्वर सिंहको आवाजमा


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ २६ २०८२

काठमाडौं, २०८२ जेठ-२६ : नेपाली संगीत बजारमा नयाँ गीत “तारा जुनैले” सार्वजनिक भएको छ। रितु कँडेल र ईश्वर सिंहको सुमधुर आवाजमा सजिएको यस गीतले प्रेम, वियोग र भावनात्मक कथा प्रस्तुत गरेको छ।

गीतको शब्द शंकर हमालले लेखेका हुन् भने संगीत स्वयं गायक ईश्वर सिंहले भरेका छन्। गीतलाई अशिष अविरलले आकर्षक एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्। रेकर्डिङ तथा अडियो निर्माण राग स्टुडियोमा गरिएको हो।

भिडियोतर्फ, गीतलाई बिनोद भण्डारीले निर्देशन गरेका छन्। जुना गुरुङ र अनिल पौडेलको अभिनय रहेको म्यूजिक भिडियोमा रोमान्टिक र भावनात्मक दृश्यहरुको सुन्दर संयोजन देख्न सकिन्छ। दिनेेश पराजुलीको छायांकन, मनोज कार्कीको सम्पादन, र अनिमेशको मेकअपले भिडियोको गुणस्तरलाई अझ निखारेको छ।

गीतको सम्पूर्ण पोष्ट–प्रोडक्सन गोधुली क्रिएशनले सम्हालेको हो।

सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको यो गीतले नेपाली संगीतको मौलिकता र आधुनिक प्रस्तुति दुबैलाई समेट्न सफल भएको छ।

हेर्न नबिर्सनुहोस्: “तारा जुनैले” युट्युबमा उपलब्ध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend