logo
  • आइतबार, असोज १८ २०८३

सुनचाँदीको मूल्य बढ्यो


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २० २०८२

काठमाडौँ, जेठ २०  गते ।  अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको  मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend