logo
  • आइतबार, असोज १८ २०८३

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ १६ २०८२

नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो । नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।

विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend