पब्लिक सूचना
काठमाडौं। बाराको सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा सवार एक यात्रुको मृत्यु भएको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजुकुमारी चौधरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा विमानमै मृत्यु भएको हो।
उडानका क्रममा उनी अचेत भएपछि विमान अवतरणलगत्तै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्।
उनको मृत्युको यथार्थ कारण हालसम्म पुष्टि भइसकेको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend