logo
  • आइतबार, असोज १८ २०८३

चन्द्रपुर बेतौना क्रिकेट मैदानमा जारी जय नेपाल कपको फाइनलमा सिन्धुरेघारी मल्टिपल क्याम्पस विजयी, ६८ रनको शानदार जित


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १ २०८२

रौतहट, चन्द्रपुर बेतौना  — ‘जय नेपाल कप’ अन्तर्गत भएको फाइनल खेलमा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चापुर) ले मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा) लाई ६८ रनले पराजित गर्दै उपाधि हात पारेको छ।

May be an image of 3 people and text that says 'खवजपालक प्ान प्ल कप प्रशम 理 जय नपाल कप रौतहट जिल्ला अन्नर कलेज अन्रकलेयक्रिकेट क्रिकेट प्रतियोगिता- प्रतियोगिता-२०२ -၃၀၀၃ आयोजक: नेपाली काँग्रेस विद्यार्थी विभाग रौतहर'

सिन्धुरेघारी क्याम्पसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनायो। टोलीका तर्फबाट राजेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा अविजित ४९ रन बनाएका थिए भने राज पटेलले २५ बलमा ३० रन जोडे। विजय रौनियारले पनि ५ बलमा ८ रनको योगदान दिए।

May be an image of 3 people

बलिङतर्फ मध्य रौतहटका उमेश पटेल, धर्मेन्द्र स र विक्की सुरजले समान ४ ओभर पूरा गर्दै क्रमश: १, १, र ० विकेट लिए।

जवाफमा मध्य रौतहट क्याम्पस १०.२ ओभरमै जम्मा ६३ रनमै अलआउट भयो। रवि जैसवालले ५ बलमा १२ रन, अमरेन्द्र जे. ले १७ बलमा ११ रन, र विक्की सुरजले ७ बलमा १० रन बनाए। बाँकी ब्याट्सम्यानहरू खासै टिक्न सकेनन्।

May be an image of ‎text that says '‎WORLDLINK जयनेपालकप पाल कप रौनाट जिल्ज़ला मानतर कतोड शिर्सच ्रयय जप पतवा पतिवाचना- သင်းကိ จุดออุ MATCH FINAL BATTLE SUMMARY MADHYA RAUTHAT MULTIPLE CAMPUS(GARUDA) Vs SINDHUREGHARI MULTIPLE CAMPUS CHAPUR) SINDHUREGHARI MULTIPLE CAMPUS 131-6 RAJESH YDV RAJ PATEL BIJAY RAUNIYAR 20 OVER 49*(38) 30(25) 8*(05) (05) UMESH PATEL DHARMENDRA S VICKY SURAJ 4-0-26-1 4-0-28-1 4-0-21-0 MADHYA RAUTAHAT CAMPUS 63-10 RAVI JAISWAL AMRENDRA ر VICKY SURAJ 10.20VER 10.2 OVER 12(5) 11(17) 10(7) MOHAN GHIMIRE 3-0-15-5 RAJESH YDV 2.2-0-14-2 ARBIND BTHA 2-0-12-1 #JAY NEPAL CUP SINDHREGHARI MULTIPLE CAMPUS,CHAPUR WON BY 68 RUNS CRICKET RAUTAHAT‎'‎

सिन्धुरेघारी क्याम्पसका बलर मोहन घिमिरेले ३ ओभरमा १५ रन दिँदै ५ विकेट लिएर खेललाई एकतर्फी बनाए। राजेश यादवले २.२ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने अर्बिन्द बठाले २ ओभरमा १२ रन दिँदै १ विकेट झारे।

सिन्धुरेघारी मल्टिपल क्याम्पसले यो शानदार जितसँगै ‘जय नेपाल कप’ को उपाधि जितेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend