पब्लिक सूचना
षार कपूर र श्रेयस तलपडे अभिनीत फिल्म ‘कपकपी’ को ट्रेलर सार्वजनिक गरिएको छ।
बुधबार जी स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अनामिका नामकी एक युवतीको आत्माले तर्साएको प्रसंगलाई देखाइएको छ।
तुषार कपूरले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सार्वजनिक गर्दै लेखेका छन्, ‘उनीहरूलाई लाग्यो कि यो एक खेल मात्र हो। आत्माहरूको दोस्रो योजना थियो। यस मुस्किल महिनामा हामी सबैलाई हसाउने प्रयास गर्नेछौं।’
संगीत सिवनले निर्देशन गरेको फिल्ममा तुषार कपूर र श्रेयस तलपडेसँगै सिद्धी इदनानी, सोनिया राठी, इशिता राज शर्मा, जाकिर हुसैनलगायत कलाकारको अभिनय छ। यस फिल्मका निर्देशक संगीत सिवनको मृत्यु भइसकेको छ।
यो फिल्म २३ मेदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend