पब्लिक सूचना
काठमाडौँ, वैशाख २९ गते । काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद विक्री भएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको शंकर ग्रुपले खण्डन गरेको छ।
हिल्टन होटलले आफ्ना पुराना संस्थापक परिवर्तन नभएको आइतबार विज्ञप्ती जारी गर्दै उल्लेख गरेको हो ।
‘‘होटल खरिद विक्री भएको भन्ने भ्रामक र आधारहिन समाचार प्रकाशन गरेर राजनीतिक ब्यक्ति र ब्यापारिक घरानाको नाम जोडी नकारात्मक असर पुर्याउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदछौँ । साथै नकारात्कम समाचार सम्प्रेशण गर्नेमाथि आवश्यक कानुनी प्रक्रिया समेत अपनाइने छ,’’ विज्ञप्तीमा भनिएको छ ।
शंकर र जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले हिल्टन होटल कसैले किनेको कुरामा कुनैपनि सत्यता नरहेकोसमेत स्पस्ट पारेको छ । २०८१ साल साउनबाट सञ्चालनमा आएको १७ तले भवनको यस होटल १० रोपनी जग्गामा फैलिएको छ ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend