पब्लिक सूचना
भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको छ। भारतले गरेको मिसाइल आक्रमणमा ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ। गत महिना भारतको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए। भारतले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो। बुधबार पाकिस्तानका विभिन्न स्थानहरूमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ।
यसैबीच, पाकिस्तानी सेनाले भारतीय सेनाका दुईटा जहाज खसालेको दाबी गरेको समाचार संस्था एपीले जनाएको छ। पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने पनि बताएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend