logo
  • आइतबार, असोज १८ २०८३

सांसद पदम गिरीले शिक्षकहरूलाई सडक नछाड्नुस् भनेर विपक्षी दलका जिम्मेवार नेताहरूले नै उत्तेजित पारेको आरोप लगाए


  • पब्लिक सूचना
  • आइतबार, बैशाख १४ २०८२

सत्तारूढ नेकपा (एमाले)का सांसद पदम गिरीले शिक्षकहरूलाई सडक नछाड्नुस् भनेर विपक्षी दलका जिम्मेवार नेताहरूले नै उत्तेजित पारेको आरोप लगाएका छन्। आइतबार ‍प्रतिनिधि सभा बैठकमा सांसद गिरीले शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका लागि प्रमुख प्रतिपक्षी दलका नेताले नै उत्प्रेरित गरेको आरोप लगाएका हुन्।

‘तपाईंहरू सडक नछाड्नुस्, स्कुल नफर्कनुस्, विद्यार्थीलाई  नपढाउनुस् भनेर जिम्मेवार तहमा रहेका नेतृत्वले जुन अभिव्यक्ति दिइराख्नुभएको छ। त्यसले वास्तवमा शिक्षकहरूलाई गलत बाटोमा हिडाउनका निम्ति उत्प्रेरित त गरिराख्नुभएको छैन,’ उनले भने।

उनले आफू सरकारमा हुँदा सहमति गरेर पनि कार्यान्वयन नगर्ने र अहिले सबै दोष वर्तमान सरकारलाे दिएकोमा असन्तुष्टि व्यक्त गरे।  ‘हिजो सरकारको नेतृत्वमा आफू रहने, आफै बसेर सहमति गर्ने अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने अनि सारा शिक्षाभित्रका समस्या वर्तमान सरकारले गर्दा र वर्तमान प्रधानमन्त्रीले गर्दा भएको हो जस्तो गरेर जनतामा भ्रम पार्ने काम भएका छन्,’ उनले भने।  सांसद गिरीले नयाँ संविधान बनेयता सबैभन्दा बढी  माओवादीबाटै शिक्षा मन्त्री भएको पनि बताए। उनीहरूले जिम्मेवारी लिँदा नै शिक्षाका समस्याहरू बग्रेल्ती थुप्रिएर बसेको गिरीको दाबी थियो।

‘ती समस्याको समाधान किन गर्नुभएन?  अनि आज आएर यो सबै समस्याको चुरो कारण अहिलेको सरकार हो भन्ने कुरामा दम छ? छैन,’ उनले भने।

प्रधानमन्त्रीले विभिन्न फोरमहरूमा अर्थतन्त्रले धान्न र थेग्न सक्नेसम्म हदैसम्म लचिलो भएर शिक्षकहरुको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी गराए। त्यसकारण शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीर रहेको उनले बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend