पब्लिक सूचना
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एक जना महिलाले मेयर अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएका हुन्।
कार्यालयका प्रमुख तथा एसपी गोविन्द काफ्लेले जाहेरी आएको पुष्टि गरे। उनका अनुसार कार्यालयमा बिहीबार जाहेरी परेको थियो। ‘उहाँविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको छ। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। जाहेरी परेसँगै प्रहरीले मेयर अधिकारीको खोजी थालेको छ।
मेयर अधिकारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend