logo
  • आइतबार, असोज १८ २०८३

रास्वपा संसदीय दल बैठक बस्दैछ ?


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख ११ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल बैठक बिहीबार बस्दैछ।

संघीय संसद्को बर्खे अधिवेशन यही वैशाख १२ गतेबाट सुरू हुन लागेकाले त्यसबारे छलफल गर्न रास्वपाले बिहीबार दिउँसो दुई बजे संसदीय दल बैठक बोलाएको हो।

संसदको आगामी अधिवेशनबारे र पार्टीको  गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनबारे छलफल गर्न बैठक बस्न लागेको रास्वपाले बताएको छ।

संसदीय दल कार्यालय सिंहदरबारमा बस्ने बैठकको संयोजन उपनेता विराजभक्त श्रेष्ठले गर्नेछन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend