पब्लिक सूचना
मध्यपश्चिम विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ।
विश्वविद्यालयले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति संकलनका लागि इन्जिनियर आवश्यक परेकाले ४ जना सिनियर सिभिल इन्जिनियर र ८१ जना सिभिल इन्जिनियर गरी कुल ८५ जना सिभिल इन्जिनियर माग गरेको हो।
सिनियर सिभिल इन्जिनियरको योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ विषयमा स्नाकोत्तर उत्तीर्ण भइ दुई वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
यस्तै, सिभिल इन्जिनियरको योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट बि.ई. सिभिल इन्जिनियरिङ वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ। साथै, नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनु पर्नेछ।
इच्छुकले वैशाख १० गतेभित्र आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend