पब्लिक सूचना
काठमाण्डौ – अनबरत रुपमा १५ बर्ष देखि नेपाली कलाछेत्रमा दोउडेको । सानै उमेर देखी रसिक स्वभावका भट्टराई कलाकारिताको मोहले तानेपछि उनले आफ्नो करिअरको सुरुवात सडक नाटकवाट गरेका हुन् । इलामको माई नगरपालिकामा जन्मिएका भट्टराई स्कुलको अध्ययन सकेपछि उच्च शिक्षा अध्ययनका लागि भारतको दार्जीलिङ छिरे । त्यहाँ आफूले सोचेको जस्तो नभएपछि अध्ययन र कलाकारितालाई अगाडि बढाउन भट्टराई काठमाडौं हानिएका थिए ।
मनमा ठूलो कलाकार बन्न चाहना भए पनि आफ्नो पहुँच नभएको कारण सडक नाटकबाटै अभिनय यात्रा सुरु का भट्टराईले यस क्षेत्रमा आजको दिन सम्म आईपुग्न निक्कै ठूलो सघर्ष गरेका छन् । पहिले पहिले काठमाडौं भनेपछि प्रायः मानिसलाई एकपटक जान पाए, राजधानीजस्तो ठूलो सहरमा केही राम्रो गर्न पाए जीवनमा होलाकी भन्ने आशा हुन्छ । तर, काठमाडौं कस्तो हुन्छ भन्ने पहिले नै कल्पना गर्न भने कसैले सक्तैनन् । श्रीदेवलाई पनि त्यस्तै नै भयो ।
सामान्य परिवारमा जन्मिएका उनलाई राजधानी खाल्डो छिरेपछिका दिन निकै संघर्षमय रह्यो । उनी विगतबारे भन्छन्, “नचिनेको ठाउँ, राजधानीमा गएर आफन्तकहाँ नै बस्दा केही सहज होलाकी भन्ने सोचेर बसेको थिएँ तर झनै गाह्रो भयो । दिनभर पसलमा काम गरेर साँझ सबैले खाएको जुठा भाँडा मस्काउन पथ्योे ।’ भट्टराईले आफ्नो अनुभव सुनाए, उनलाई सुरुमा आफन्तकै साहराले अध्ययनसँगै कलाकारितामा पनि अघि बढ्न सक्छु कि भन्ने उनलाई लागेको थियो तर आफन्तले नै दुःख दिएको पीडा उनले भावुक वन्दै सुनाए ।
उनले राजधानी छिरेको करिब सात वर्षसम्म उच्च शिक्षा हासिल गर्न नसकेको दुखेसो पोखे । ७ वर्षसम्म उच्च शिक्षा हासिल गर्न नसकेका उनले सिन्धुलीबाट प्लस टु पास गरेपछि मिडिया क्षेत्रको मोहले तान्दै लगेको सुनाए । इसिआर एफएममा प्राविधिकको रूपमा काम गर्न थाले । भट्टराईले मिडियामा जागिर त खाए तर भनेको समयमा तलब न पाउँदा गुजारा चलाउन धेरै कठिनाई भएको बताए । सबैभन्दा बढी रुचि कलाकारिता एवं अभिनय भएकाले त्यही समयमा गायिका माण्डवी त्रिपाठी र अनिल विरहीको आवाजमा रहेको गीतको भिडियोमा अभिनय गर्ने मौका पाए । त्यही गीतले उनलाई कलाकारितामा अगाडि बढाउन महत्वपूर्ण सहयोग ग¥यो । त्यसपछि २०६० सालमा हरि उदासीद्वारा निर्देशित चलचित्र ‘भाइमारा’ मा पनि उनले चर्चित कलाकार सुशील क्षेत्री ,दिनेश शर्मा अनि गरिमा पन्त संग अभिनय गर्ने अवसर पाएका थिए ।
अभिनयको भोकले भट्टराईलाई भारतको मुम्बई सम्म पनि पुर्यायो । उनले त्यहाँ चलचित्रसम्बन्धी तीन वर्ष तलिम लिएको सुनाए । तीन वर्षको तालिम पश्चात भारतीय चलचित्रमा पनि अभिनय गर्ने सोच आफूमा रहेको सुनाउँदै भने, ‘कसैको साथ, समर्थन र आर्थिकको अभावले मैले त्यहाँ आफूलाई उभ्याउन सकिन ।’ त्यसपछि उनी नेपाल फर्किए । अनि मुम्बईबाट फर्किएलगत्तै भट्टराईले पढाइ सगै नेपाली चलचित्र ‘बनबास’ मुख्य नायकको भूमिकामा अभिनय गर्ने अवसर पाए । २०६३ को समय उनको धुन रेकर्डिङ स्टुडियोमा निर्माता श्याम कार्की र निर्देशक भविन्द्र तामाङसँग भेट भएपछि चलचित्र ‘न्युजेनेरेसन’ मा डबल रोलको भूमिकामा अभिनय गर्ने अवसर पाए । उक्त चलचित्रमा अभिनेत्री अनु शाह र ममता प्रधानसँग उनले अन स्क्रिन जोडी भएर काम गरे ।

चलचित्र क्षेत्रमा भट्टराईले पाएको सफलतासँगै विभिन्न चलचित्रमा माग बढ्न थाल्यो । यसैगरी उनलाई सञ्चारकर्मी भरत बमजन, नवराज लम्साल र लोकमणि सापकोटाको सहयोगले रेडियो नेपालबाट प्रसारण हुने नाटकमा समेत काम गर्न थाले । नेपाली गाउँघरमा उनले अभिनय गरेको नाटक को निकै राम्रो तारिफ छ। उनी चाहे शहर होस या गाउँ हरेक को मनमा छाएका छन्। उनले आफुमा जति पीडा भएनी कहिले कला क्षेत्र छोडेनन। हर पल अगि बढि रहे । कलाक्षेत्रमा भट्टराई अनुशासित नायकका रुपमा चिनिन्छन् र यस क्षेत्रलाई सम्मान पनि गर्छन, यदि कसैले चलचित्र एवं कला क्षेत्रको वारेमा नराम्रो कुरा गर्यो भने भट्टराईले त्यसको कडा विरोध गर्दै कला क्षेत्रको सम्मान गर्न सम्झाउने गरेका छन् ।
भट्टराई खतरनाक दृश्य भएको चलचित्र खेल्न मन पराउने स्वभावका छन् उनले खेलेको न्यु जेनेरेसन चलचित्र ले उनलाइ राम्रो कमाइ गर्ने बाटो बनायो र बिदेशमा चलचित्र राम्रोसङ चल्यो यो चलेको देखेर निर्माताले उनलाइ धन्यबाद दिए साथै भट्टराईले भनेको भन्दा बढी पारश्रमिक दिए उनकोे खुशीको सिमा रहेन ।निर्देशक माधव राज खरेलले मानव सभ्यताको सुरुवाती अवस्थालाई जाहेर गर्ने उदेश्यले निर्माण गरेको चलचित्र ‘ ढुङ्गे युग –२ मा महँगो पारिश्रमिक दिएर अभिनय गराएपछि यो क्षेत्रबाट आफ्नो जीवनशैली नै फेरिएको भट्टराईले बताए । उनले निर्देशक खरेललाई निकै सम्मानका साथ चलचित्र क्षेत्रमा लिने गरेको बताए । त्यसपश्चात् उनले चलचित्र छल, चाल, ढुंगे युग –२, बिरानो माया, कुईनेटो, सुकुलगुण्डा लगायतमा काम गरे । त्यस्तै, करिब पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेको उनले जनाकारी दिए ।

नेपालका चर्चित गायक : गायिकाहरुको गीत र चलचित्र खेलेका उनी एक परिपक्व कलाकार को रुपमा चिनिन्छन। नेपाली चलचित्रका अनुशाशित कलाकार हुन उनी । उनले जाहा कार्यक्रम गर्न जान्छन या भिडियो वा चलचित्र खेल्दा पाएको आधा जति रकम समाजसेवामा खर्चने गरेको वताए। भट्टराईले पछिल्लो समय आफुले खेलेको चलचित्र, म्युजिक भिडियो, नाटक लगायतका क्षेत्रमा काम गरेर उनले विभिन्न अवार्ड हात पार्न सफल भएका छन् । उनले मोडल संगस् नेपाल, पेजेन्ट नेपाल र ईनास दुवईको संयूक्त आयोजना दुवई सम्मपन्न अवार्डमा चलचित्र विरानो माया वाट उत्कृष्ट नायकको अवार्ड प्राप्त गरे भने, मिडिया ईन्टरनेशनलको आयोजनामा सम्पन्न भएको क्यापिटल म्यूजिक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड प्राप्त गरेका थिए साथै भट्टराईले सगरमाथा म्यूजिक अवार्डवाट उत्कृष्ट मोडलवाट जुरी अवार्ड पाएका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend