पब्लिक सूचना
गुरुङ चलचित्रकी नायिका माया गुरूङले सहारा क्लब पोखराले सन्चालन गरेको सहारा फुटबल एकेडेमीका बालकहरुलाई जर्सी सेट सहयोग गरेकी छन् ।
पोखरा रंगशालामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवलोकनका लागि हङकङबाट आइपुगेकी गुरुङले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई जर्सी सेट हस्तान्तरण गरेकी हुन् ।

उनले आफ्ना छोरा हिमालको जन्मोत्सव अवसर पारेर एकेडेमीमा आश्रित ३० जना बालकहरुलाई जर्सी सेट सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेकी हुन् ।
पूर्व फुटबल खेलाडीको समेत पहिचान बनाएकी उनी सहारा हङकङकी संस्थापक सदस्य एवं जिफान हङकङ अध्यक्ष हुन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend