logo
  • आइतबार, असोज १८ २०८३

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो


  • पब्लिक सूचना
  • आइतबार, माघ २७ २०८१

किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे ।

खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले ५०औं मिनेटमा बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए । रियल २३ खेलबाट ५० अंकका साथ तालिकाको शीर्ष र एट्लेटिको ४९ अंकका साथ दोस्रो स्थानमा छ ।

रियलले मंगलबार म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिग नकआउट चरणको पहिलो लेग खेल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend