logo
  • आइतबार, असोज १८ २०८३

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै


  • पब्लिक सूचना
  • शुक्रबार, माघ २५ २०८१

महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

थाइल्याण्डले सिरिजमा खेलेका ५ मध्ये ४ मा जित र १ मा हरका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सिरिजमा नेपाल र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदैछन् । अघिल्लो दुवै भेटमा थाइल्याण्डले नेपाललाई हराएको थियो ।

नेपाल र थाइल्याण्डबीचको यो खेलले नै उपाधि टुंगो लगाउने हुँदा यो खेल महत्वपूर्ण रहेको छ । नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेमा नेदरल्याण्ड्सले सिरिज जित्नेछ । थाइल्याण्ड सामान्य अन्तरमा पराजित भएमा या नेपाललाई पराजित गरेमा विजेता बन्ने छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend