पब्लिक सूचना
महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ ।
दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो ।
नेदरल्याण्ड्सलाई भने उपाधी सम्भावना कायमै राख्न यस खेलमा जित अत्यावश्यक रहेको छ । नेदरल्याण्ड्सले जितेकाे तीनै खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । यस सिरिजमा भने नेदरल्याण्ड्स र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदै छन् । अघिल्ला दुवै भेटमा नेदरल्याण्ड्स थाइल्याण्डसँग पराजित भएको थियो ।
सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्डको अलावा घरेलु टोली नेपालको पनि सहभागीता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आफ्नो तथा सिरिजको अन्तिम खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend