logo
  • आइतबार, असोज १८ २०८३

एनआरटी एकै दिन दुई वटा गोल्ड कपमा खेल्दै


  • पब्लिक सूचना
  • बिहिबार, माघ २४ २०८१

पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ।

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ ।

चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज र एनआरटीबिच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।

एनआरटीले आजै बुढासुब्बा युनाइटेड खर्साङ एफसीसँग खेल्दैछ। चर्च ब्वाइज र एनआरटीले दुई वटा टोली बनाएर पोखरा र धरानमा खेलिरहेको छ।

मंसिर यता चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको‌ छ । त्यसमा झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो। इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा दोस्रो भएको थियो।

४ मध्ये २ वटा फाइनल चर्च ब्वाइज र एनआरटीले खेलेका थिए । मंसिर इलाम गोल्डकपको फाइनल एनआरटीले चर्च ब्वाइजलाई ३-० ले हराएको थियो। त्यसपछि भएको झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३-१ ले हराएको थियो। चर्च ब्वाइजले शनिवार बुढासुब्बाको फाइनल खेल्नेछ।

केहि दिन अघि काठमाडौंमा भएको सभापति कपमा चर्च पहिलो खेलमै पराजित भएको थियो भने एनआरटीले सेमिफाइनल पुगेको थियो।

आहा गोल्डकपमा पहिलो दिन नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १-० ले र दोस्रो दिन मच्छिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ।

१२ टोलीको सहभागिता रहेको आहा रारामा १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend