logo
  • आइतबार, असोज १८ २०८३

अभिषेकको कीर्तिमानी शतकमा भारतको जित


  • पब्लिक सूचना
  • सोमबार, माघ २१ २०८१

ओपनर अभिषेक शर्माको कीर्तिमानी शतक प्रेरित भारतले इङ्ग्ल्याण्डसँग जित हासिल गरेको छ ।

आइतवार राती भएको खेलमा भारतले इङ्ग्ल्याण्डमाथि १ सय ५० रनको फराकिलो जित हात पारेको हो । जितसँगै भारतले इङग्ल्याण्डविरुद्धको सिरिज ४-१ ले जितेको छ । रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।

भारततले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १०.३ ओभरमा ९७ रनमा अलआउट भयो । इङेग्ल्याण्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ५५ रन जोडे । उनले २३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

जोकेब बेथहेलले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामीले ३, अभिषेक शर्मा, वरुण चक्रवर्ती र शिभम दुवेले समान २ तथा रवि बिश्नाईले १ विकेट लिए ।

त्यसअघि मुम्बइस्थित वाङ्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि अभिषेकले सर्वाधिक १ सय ३५ रन जोडे । उनले ५४ बलमा ७ चौका र १३ छक्का प्रहार गरे ।

अभिषेकले टि ट्वान्टी आई करियरको दोस्रो शतक ३७ बलमा पूरा गरेका थिए । यो भारतका लागि दोस्रो कम बलमा बनेको शतक हो । यसअघि रोहित शर्माले श्रीलंकाविरुद्ध ३५ बलमा शतक पूरा गरेका थिए ।

अभिषेकले बनाएको १ सय ३५ रन टि ट्वान्टी आईमा कुनै पनि भारतीयले बनाएको सर्वाधिक व्यक्तिगत उच्च स्कोर हो । यसअघि शुभमन गिलको नाममा यो कीर्तिमान रहेको थियो ।

अर्का ओपनर सञ्जु स्यामसन १६ रनमा आउट हुँदा अभिषेक र तिलक बर्माले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरे । तिलकले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे ।

शिवम दुवेले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । हार्दिक पाण्ड्या र रिंकु सिंह समान ९ रनमा आउट हँदा अक्षर पटेलले १५ रन जोडे । इङ्ग्ल्याण्डका लागि बायडेन कार्सले ३, मार्क वुडले २ तथा जोफ्रा आर्चर, जेमी ओभरटर्न र आदिल राशिदले समान १ विकेट लिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend