logo
  • आइतबार, असोज १८ २०८३

समाजवादी मोर्चाको बैठक जारी


  • पब्लिक सूचना
  • बुधबार, माघ १६ २०८१

समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मोर्चाको बैठक जारी छ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, महिन्द्रराय यादव लगायत नेताहरू सहभागी छन्।

मंगलबार मात्रै काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विचार गोष्ठीको आयोजना गरेको थियो। मोर्चाले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार विषयमा गोष्ठीको आयोजना गरेको थियो।

गोष्ठीलाई समाजवादी मोर्चा घटक दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले स्वेच्छाचारी बन्दै गएको भन्दै मोर्चाले खबरदारी गर्ने बताउँदै आएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend