logo
  • आइतबार, असोज १८ २०८३

अखिल (क्रान्तिकारी)को महासचिवमा जनार्दन पक्षकै रोशन थापामगर निर्वाचित


  • पब्लिक सूचना
  • बुधबार, माघ १६ २०८१

नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापा मगर विजयी भएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा महासचिवको गणना सकिँदा ५९६ मत प्राप्त गर्दै मगर निर्वाचित भएका हुन्।

मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४०५ मत ल्याए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।

कोषाध्यक्षमा पनि हेमन्त राई प्यानलकै फूलमाया रानामगर खुशी निर्वाचित भएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend